सत्ता गठबन्धनको बैठकअघि सत्तारूढ तीन दलका नेताहरूले सिंहदरबारमा छलफल गरिरहेका छन्।
सिंहदरबारमा भएको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ। यसअघि ३ बजे बैठक बस्ने भनिएको थियो। तर बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेपछि बैठक सरेको हो।
आजको बैठकमा प्रतिनिधि सभाको बैठकमा एमसिसी पेस गर्नेबारे छलफल हुँदैछ।





















प्रतिक्रिया