Logo

खेलकुद

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य



ओमानमा जारी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालका ब्याट्सम्यानहरू ओमानसामू निरीह बन्दा नेपाल न्यून स्कोरमा सीमित भएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो । मध्यक्रममा आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामीछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।