काठमाडौँ । नेपालका साना किसान कृषि सहकारी संस्था लि. का सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
साना किसान लघुवित्त वित्तीय संस्था लि. एवम् नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिइयो झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उहाँले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारीत प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाले आफुहरुलाई खुसी लागेको बताएका हुन् ।
नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसंग जोडिएर गाउँतहका साना किसान सदस्यहरुलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताउनुभयो । नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यापन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बनिरहेका छन् । नेपालमै सम्भावनाको ढोका खोलिरहेका छन् । भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था लि. एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरुले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए ।
नेपालका युवाहरुलाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानहरुलाई ठूलो गुन लगाएको बताए । इजरायल सरकार र नेपाल स्थित इजरायली राजदूतावास एंव राजदूत हानान गोडरले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले सम्पूर्ण नेपालका किसानहरुको तर्फबाट धन्यवाद व्यक्त गरे । उहाँले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विधार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताए ।
इजरायलमा प्रयोग भएको नविनतम प्रविधिलाई नेपालमा भित्राउन यस कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उँहाले पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका युवा किसानहरुलाई समेट्दै यो कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याक लगाएतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए ।
अहिले इजरायलबाट नेपाल फर्केका युवाहरुले देशकै लागि नमुना योग्य कृषि गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले पनि यस कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिए ।
इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोड बरावरको तरकारी विक्रि गरिरहेका छन् । यसैगरी धादिङकै नौ विसेका देवराज आचार्यले पनि उदाहरण्ीाय तकारी खेती गरिरहेका छन् । यसैगरी तनहुँको बाख्रा फार्म, रुपन्देहीको सृजना चौधरीले गरेको माछा पालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्म लगाएत यस्तै धेरै युवाहरुको कृषि तथा पशुपालनको कर्म हेर्न लाएक रहेका छन् । इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरु व्यवसायी बनिसकेका छन । यसैगरी धेरै युवाहरु इजरायलबाट सिप सिकेर नेपाल फर्केकाहरुबाट प्रेरित भएर कृषि कर्ममा राम्रो आम्दानी गरिरहेका छन् ।
इस कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने बताउनुभएका नेपालका लागि इजरायली राजदूत यस अघि पनि नेपालका लागि राजदूत भईसक्नुभएको थियो । नेपाल मामिला बारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडर कै अग्रसरतामा नेपालका साना किसाका छोराछोरीहरुलाई १० महिने प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो ।





















प्रतिक्रिया