Logo

खेलकुद

काँग्रेस क्षेत्रीय सभापति देवराज तामाङको सुन्दरहरैचाको मेयरमा दाबी



इटहरी । नेपाली काँग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङले सुन्दरहरैचाको मेयर पदमा दाबी गरेका छन् ।

तामाङले प्रजातन्त्र दिवसको अवसरमा आयोजित टोल समिति गठन कार्यक्रममा आफू सुन्दरहरैचाको मेयरमा उम्मेदवारी दिन तयार भएको बताएका थिए ।

उनले सुन्दरहरैच-५ बलिया चोकमा आयोजना गरिएको टोल समिति गठन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीमा टिकट दाबी गर्ने योजना रहेको बताए ।

पार्टीका कार्यकर्ताले आगामी रणनीतिबारे प्रश्न गर्न थालेपछि आफू जवाफ दिन बाध्य भएको उनको तर्क छ ।

यसअघि मोरङ ८ का क्षेत्रीय सभापति भएका तामाङ राज्य पुनः संरचना भएपछि क्षेत्र नम्बर ६ ९क० को सभापति भएका थिए । उनी १४ औँ अधिवेशनमा मोरङ ६ को सभापतिमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १०:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।