Logo

प्रमुख समाचार

एकीकृत समाजवादीमा एमसीसीका कारण विवाद बढ्नथालेपछि सचिवालय बैठक बोलाईयो



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा विवाद बढ्दै गएको छ।

एमसीसीको कारण पार्टीका नेताहरुले भिन्न भिन्न धारणा दिन थालेपछि अध्यक्ष नेपालले आज सचिवालय बैठक बोलाएका छन् ।

सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबुल गर्न दिनेबारे पार्टीमा कुनै निर्णय नभएको अवस्थामा अध्यक्ष नेपालले कसरी गठबन्धनको बैठकमा सहमति गरे रु भन्दै प्रश्न उठाएका छन् । तर, सरकारमा सहभागी मन्त्रीहरुले भने एमसीसी टेबुल गर्न नदिनेबारे पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरिसकेको जनाएका छन् ।

प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो २ बजे सचिवालय बैठक बोलाईएको जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १२:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।