नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण र मृत्युदरमा केही कमी आएको छ । पछिल्लो २४ घण्टामा देशभर ८१६७ जना संक्रमित थप भएका छन् भने १८७ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ५४८८ जनाले कोरोना जितेर निको भएका छन् ।
हालसम्म देशभर कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ भने कोरोनाबाट मुक्त हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।




















प्रतिक्रिया