Logo

फरर्वाड लुईस सुआरेजले बार्सिलोना छोडने



बार्सिलोनाका फरर्वाड लुईस सुआरेजले बार्सिलोना छोडने भएका छन । उनी बार्सिलोना छोडेर जुभेन्टस जाने भएका छन । सुआरेज र मेस्सीबीच जुभेन्टस जाने सहमति भएको जनाईएको छ । सुआरेजले बिना ट्रान्सफर वा कम शुल्कमा युभेन्टस जाने सम्भावना रहेको छ ।

उरुग्वेका यी खेलाडीको अहिले पनि बार्सिलोना संगको सम्भौता अझै एकबर्ष बाँकी रहेको छ । सुआरेज ६ बर्षअघि ईङलिश क्लब लिभरपुल छोडेर बार्सिलोनामा प्रवेश गरेका थिए । सन २०१४–१५ मा बार्सिलोनालाई यूएफा च्याम्पियन, ला लिगा र कोपा डेलरे जिताएका सुआरेजले २८३ खेलमा १९८ गोल गरेका छन । अ

बार्सिलोनाका सबैभन्दा महंगा खेलाडी मेस्सी बार्सिलोनामै रहने भएका छन । महंगो स्थानान्तरण रकमको कारण उनले यो निर्णय गरेका हुन । उनको सम्भौंता सन २०२१ सम्म रहेको छ ।

 

प्रकाशित : २१ भाद्र २०७७, आइतबार