Logo

अर्थ

मेगा बैंकको संस्थापक शेयर लिलामीमा



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको हो ।

यी शेयर खरिदका लागि गैर संस्थापक शेयरधनीहरुबाट इच्छा व्यक्त भएपनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्नेृ व्यवस्था बमोजिम बैंकले यो सुचना जारी गरेको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।