नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन गरिरहेका युवाहरूको कुनै दोष नभएको बताएका छन्।
उनले ती युवाहरूको दोष नभई द्वैध चरित्र भएका नेताहरू दोषी भएको बताएका हुन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,‘सडकमा एमसिसीको विरोध गरिरहेका युवाको कुनै दोष छैन। दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन्, बानेश्वरमा अर्को,’ शर्माले लेखेका छन्।
उनले क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित खोज्ने भन्नेबारेमा पनि टुंगो लगाउनुपर्ने बताए।





















प्रतिक्रिया