Logo

प्रमुख समाचार

देउवा र ओलीबीचको छलफल निष्कर्षविहीन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार आजको छलफलमा पनि ठोस निष्कर्ष निस्किएन ।

देउवाले एमसीसी पारितका लागि आग्रका गरेका थिए । जवाफमा ओलीले आफ्नै अडान दोहोर्‍याएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओलीसहित एमाले नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार २१:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।