काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३ सय ४६, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा २९८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
उपत्यका भित्र आइसोलेसनमा बस्ने बिरामीको सङ्ख्या १ हजार ६ सय ३६ रहेको छ भने अइसीयु र भेन्टिलेटरमा रहेकाहरूको सङ्ख्या क्रमशः २ सय ४३ र १ सय ३३ रहेको छ ।
मन्त्रालयका अनुसार हाल उपत्यकामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ७ सय ७४ रहेको छ । जसमध्ये काठमाडौँ जिल्लामा २८ हजार ५ सय २७, भक्तपुरमा ५०७६ र ललितपुरको ७१७१ रहेका छन् ।




















प्रतिक्रिया