Logo

समाचार

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच भेटवार्ता



नेपाल कम्युनिस्ट पार्टी विप्लवको पार्टी कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी विप्लवर संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच भेंटवार्ता भएको छ ।

लामो समय पछाडि राष्ट्रिय मूलधारमा आएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा आगामी दिनमा देश र जनताका निम्ती राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने बताइएको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टी विप्लव का महासचिव “विप्लव” ले देशको स्वतन्त्रता, स्वाधिनता,राष्ट्रिय एकतामा जोड दिने बताएका छन् ।

आगामी दिनमा यी दुई पार्टीले पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गर्दै एमसीसीजस्तो असमान सन्धिका विषयमा सहकार्य गर्ने समेत बताएका छन् ।

त्यसैगरी संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तर्फबाट बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले देशभक्त क्रान्तिकारी, राष्ट्रवादी संवर्धनवादी,एमसीसी जस्ता आसमान सन्धी सम्झौताका बिरोधी शक्तिहरु देशको स्वाधीनता अखण्डता ,सम्प्रभता जोगाउनका लागि एकै ठाउँमा उभिएर आन्दोलित हुनुपर्नेमा जोड दिएका थिए । उनले भने “मुद्दा मिल्ने राजनीतिक कुरा गरौ ,परम्परागत कुरा अहिले गौड राख्न पर्छ ।”

उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव र मोर्चाको तर्फबाट अध्यक्ष तारानाथ लुइँटेल,सह–अध्यक्ष बिष्णु भट्टराई,राष्ट्रिय संयोजक शोभाराम थापा र प्रवक्ता सृजना वाग्लेको संयुक्त उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १५:५१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।