Logo

स्वास्थ्य

देशभर १ लाख १९ हजार बढी सक्रिय सङ्क्रमित (२४ घण्टा भित्रको पूरा अपडेट)



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ३ जना कोरोना सङ्क्रमित थप भएका छन् भने १९६ जनाको ज्यान गएको छ ।  

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार २ सय ८६  जनाको परीक्षण गरिएको थियो ।  यस अवधिमा ६ हजार ८ सय ९१ जनाले कोरोना जितेर निको भएका छन् । 

हालसम्म देशभर कुल सङ्क्रमितको सङ्ख्या ४ लाख ७२ हजार ३५४  पुगेको छ । हाल देशभर १ लाख १९ हजार ९ सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १ लाख १ हजार ७७१ जना होम आइसोलेसन, ७ हजार ९ सय ६९ संस्थागत आइसोलेसन, १ हजार ३ सय ३१ आइसियु र  ३ सय ७० जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ५ हजार ४ सय ११ पुगेको छ । उक्त अवधिमा  ३ लाख ५२ हजार ३ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् । 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार १८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।