Logo

प्रमुख समाचार

टाेखामा भीम रावलसँग विप्लवकाे वार्ता



नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । रावललाई भेट्न विप्लव बिहीबार बिहान उनको निवास टोखा पुगेका थिए ।

विप्लवको साथमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि रावललाई भेट्न गएका थिए । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको बताइएको छ । 

विप्लवले बुधबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतसँग भेट गरेका थिए । एमसीसी सदनबाट अनुमोदन भएपछि यसको विरोधमा रहेका वामपन्थी नेताहरूले मोर्चाबन्दीका लागि सक्रियता बढाएका छन् ।

एमसीसीकै कारण माओवादी केन्द्रमा विभाजनकाे रेखा काेरिन थालेकाे छ  । नारायणकाजी श्रेष्ठ समूह पार्टीबाट अलग हुने परिस्थिति निर्माण भएकाे दाबीसहित तयारी गरिरहेकाे छ । 

तर अध्यक्ष पुष्पकमल दाहाल विभाजन राेक्न लागिपरेका छन् । बिहीबार बिहान पनि प्रचण्ड नारायणकाजीलाई सम्झाउन उनकाे निवास पुगेका थिए । तर श्रेष्ठ आफ्नाे अडानबाट पछि नहटेकाे बताइएकाे छ । 

प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार  १२ : २१ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।