Logo

विचार / ब्लग

शिक्षकहरुको पक्षमा वकालत गर्ने छविको छवि इतिहासमा अमर रहने छ



गुरूकुल,राजकुल हुँदै विकास भएको पूर्वीय शिक्षा पद्धतीले गुरूलाई सम्मान र आदर गर्न गुरु पूर्णीमा र गुरूको सम्मान र सम्झनाको दिन त स्थापना गर्यो । तर गुरू र गुरुका परिवारको दैनिक जीवनका अत्यावश्यक आवश्यकताका विषयलाई भिक्षाटनसँग जोडिदियो । मानव समाजको विकासक्रमसँग जोडिएर आएका यस्ता प्रचलनहरूले शिक्षा पहुँच र चाख भएकाहरूको ज्ञानको भोकलाई साधना,एकाग्रता , आदर्श ,एकान्त र त्यागसगँ जोडियो दियो । यसले गुरु शव्दको मर्यादा मात्रै गर्यो । गुरूको दैनिकी जीवनलाई सम्बोधन गर्न सकेन । त्यसको उच्चतम नमुनाको रूपमा गुरूकुल र राजकुलिन शिक्षा पद्धतिलाई जोड्न सकिन्छ ।

ऋषिआश्रम, भिक्षाटन र शिष्यले गुरूलाई गर्ने सेवा , गुरू र गुरूपरिवारको जिविका आश्रति भएको सामाजिक संरचनाको अवधारणाबाट हुर्किएका हामीले अहिले पनि गुरूका आवश्यकतामा त्याग र समर्पण खोज्ने गर्छौ । पूर्वीय समाजले यस्ता आदर्शले गुरूको आर्थिक सामाजिक जीवन पद्दती चल्दैन, सामाजिक आर्थिक क्रमभङ्गता नगरि गुरूको गुजरा हुदैन। शिक्षाको विकासका लागि शिक्षण पेसालाई पेसागत मर्यादा र शिक्षकलाई जीविको पार्जन हुन सक्ने पारिश्रमिकको व्यवस्था गर्नु पर्छ भन्ने मान्यता सुरूभएको सय वर्ष पनि भएको छैन ।

वि स २०३६ को शिक्षक संघर्ष र उपलब्धि

नेपाली शिक्षकले पञ्चायतको  निरकुशतालाई अटेर गर्दै शिक्षण पेसालाई मर्यादित बनाउन र शिक्षाको संस्थागत विकास गर्न निकै ठूलो बलिदान गर्न पर्यो । वि स २०३६ सालमा शिक्षकहरूले शिक्षकको संगठन , संगठनको वैद्यता, सञ्चयकोष ,औंषधी खर्च सहित निवृत्तीभरण जस्ता मागहरू राखेर लामो समयसम्म र निकै प्रभावशाली आन्दोलन गरे । देशभरका शिक्षकहरू अनौपचारिक रूपमा संगठित हुन थाले । विस्तारै विस्तारू देशैभरका शिक्षकहरू हेटौंडाको भुटनदेवि मा वि मा जम्मा भए र प्रहरीको घेराबन्दीभित्र , प्रतिबन्धित अवस्था मै पहिलो सम्मेलन गरे । सम्मेलन मै खगेन्द्र संग्रौलाले विधानको मसौदा पेस गरे । त्यहीँ भेलालाई सम्मेलन मानियो । पहिलो सम्मेलनले बद्री खतिवडालाई संगठनको अध्यक्ष बनायो । जनक प्याकुरेल , गणेश पंडित,गोरे बहादुर खोपाङ्गी,सुशीलचन्द्र अमात्य , कमला अमात्य, श्याककृष्ण खम्बु,पुर्णशोभा चित्रकार,अग्नि सापकोटा , दिवाकर,वेदनिधि निराला,कुन्ता शर्मा ,रामचन्द्र अधिकारी ,सत्यनारायण फैजु,श्याम लाल,देवि ओझा, यशपाल शाक्य,रामप्रसाद उपाध्याय,मिरा ध्वजु पुर्णशोभा चित्रकार, कालीप्रसाद पोख्रेल , ज्ञानेन्द्र नेवा,त्रिरत्न शाक्य,कृष्णभक्त मानन्धर , नारायण ढकाल,कुलप्रसाद नेपाल,रामचन्द्र अधिकारी टंक पोख्रेल हरिचरण बानियाँ, छवि नेपाल,राधा शाह, नथुनिदास , वेचु शर्मा,निर्मलराज भन्डारी , विन्दवासीनी श्रेष्ठ,ऋषि कट्टेल, रामकुमार वान्तवा,विष्णु पुकार श्रेष्ठ ,नन्द कुमार थापा, हरि आचार्य , माधव मराठा , चन्द्रकान्त पौडेल,रमेश रूपाखेती, सीता खरेल, महेन्द्र शर्मा लगायतका हजारौं हजार शिक्षकहरूले शिक्षकको संघर्षको नेतृत्व गरे र देशभर संगठित शक्ति निर्माण गरे र संघर्षमा जुटे

वि‍. स. २०३८ देखि ०४२ सम्मको शिक्षक आन्दोलनमा शिक्षकहरूको सहभागीता

आफू जलेर अरूमा प्रकाश छर्ने शिक्षकहरूको मागप्रति सरकारले गरेको बेवास्ताको कारण शिक्षकहरूले शिक्षक मर्दा बेरेर घाट लैजाने कात्रो किन्ने पैसाको व्यवस्था गर्न आन्दोलन गरिएको भन्दै शिक्षकहरूलाई आन्दोलित हुन आव्हान गरे ।

यो आव्हानले संगठनको दर्ता र वैधताको महत्त्व बढायो । शिक्षकहरू शिक्षककै संगठनको नाममा सरकारसँग भएको सम्झौता समयमा कार्यनयन गराउन निरन्तर पहल गर्यो । तर सरकारले बेवास्ता गरेको कारण सम्झौता कार्यान्वयनका विषयमा कुरा विषयमा अभिभावक,विद्यार्थी ,नागरिक समाज र प्रतिबन्धित दलहरू सबैसँग सम्बन्ध विकास गर्दै वि स २०३८ सालमा पुनः सडकमा जानुपर्ने अवस्था आयो र आन्दोलनको आव्हान गरे । शिक्षकहरूले सरकारलाई नैतिक दवाव सृजना गर्न देशभरका विद्यालयहरूमा पढनपाढन ठप्प गराए । यसरी ठप्प भएका विद्यालयहरू १०४ दिनसम्म बन्द भए । यसैबीचमा नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि अन्तर्राष्ट्रिय सम्बन्ध जोडिसकेको कारण अन्तर्राष्ट्रियस्तरबाट पनि शिक्षकका मागहरूको सम्बोधन गर्न दवाव सृजना भयो ।

देशभर विद्यालय बन्द भएको कारण सरकारलाई अभिभावक ,विद्यार्थी , नागरिक समाज र प्रतिबन्धित राजनीतिक पाटीहरूको पनि दबाब सृजना भयो र पुनः सरकारले माग पूरा गर्ने आश्वासन दियो ।

विश्वभरका हरेक मुलुकमा शिक्षाको जगको विकास गर्ने जिम्मेवारी शिक्षकको हातमा जोडिएको छ । शिक्षण पेसाको मर्यादा र सम्मानको महत्त्व सहित शिक्षकहरू संगठित भएकाले शिक्षकहरूको सामाजिक आर्थिक हैसियत सुध्रिएको , शिक्षण पेसा मर्यादित भएको सरकारलाई अवगत हुँदाहुदै पनि शिक्षकका मागको विषयमा सरकार पुनः मौन रह्यो । माग पूरा गर्छु भनेर शिक्षकमा भ्रम सृजना गरेको निष्कर्ष निकालेर वि स २०४० मा काठमाडौ जाउ आन्दोलन गर्नु पर्ने बाध्यता सृजना भयो ।

७५ जिल्लाबाट पचासौं हजार शिक्षकहरू काठमाडौं जाउ आन्दोलनमा समाहित भए । शिक्षकको हकहित ,सुविधा र शिक्षण पेसाको मर्यादाको महत्त्व बुझाउन २०४० सालदेखि लगभग ०४२ सालसम्म शिक्षकहरूले अनवरत संघर्ष गरे । आन्दोलनलाई तहसनहस गराउन सरकारले अनेकौं हतखन्डा अपनायो । आन्दोलनमा भएको प्रहरी दमनको प्रतिकार गर्दै शिक्षकले आन्दोलनको रूप परिवर्तन गरे । सरकारले पानीका फोहोरा सहित अश्रुग्यास सगँसँगै गोली चलायो । शिक्षकहरूलाई तितरबितर गर्न चलाइएको गोलि लागेर केही शिक्षकहरू सहादत भए । हजारौंको संख्यामा शिक्षकहरू गिरफ्तार भए । सयौं शिक्षकलाई यातना दिइयो र जेल पठाइयो । सयकराेडौंको संङ्ख्यामा घाइते र अङ्गभङ्ग भए ।

प्रहरी दमनमा गिरफ्तार भएका शिक्षकलाई सार्वजनिक अपराधका र राजकाज विरोधी मुद्दा हालेर जेलमा कोचियो । जेल परेका शिक्षकको घरपरिवारका सदस्यहरूलाई मानसिक यातना र सामाजिक बहिष्कार गराउन अनेकौं प्रयत्न गरियो । जेलमा खाना र पानी पनि नदिएपछि जेलपरेका शिक्षकहरूलाई खाने र सुत्ने व्यवस्था गर्दै बाहिर भएका शिक्षकलाई पुनः संगठित गर्दै सुचनाको प्रभाव गरे ।

आन्दोलित शिक्षकहरूका माग पूरा नगरेसम्म शिक्षकहरू विद्यालय नफर्कने बुझेपछि सरकारले शिक्षकको संगठनलाई फुटाउने र आन्दोलनलाई कम्जोर बनाउने रणनीति अपनायो । अवसर र सुविधाको लोभमा मजबुत शिक्षकहरूको संगठन फुट्यो र केही समयसम्म मा वि र प्रावि शिक्षक संगठनहरू खोलियो । जेलभित्र बसेका शिक्षकका नेतृत्वहरूले सरकारको फुटाउ र शासन गर रणनीतिको बहिष्कार गर्न बाहिर भएका शिक्षकहरूले गर्न नसकेकै कारण सरकारले संगठन टुक्याएको निष्कर्ष निकाले ।

जेलभित्र भएका र बाहिरबाट सम्पर्क सुचना लिनेदिने कार्य गर्दै पुन: संगठित हुन थालेका शिक्षकका समुहले नेपाल राष्ट्रिय शिक्षक संगठनको झण्डालाई पुनः फर्फराउदै जिल्ला जिल्लामा सम्पर्क बढाए । यस्तो संकटको बेला ०३६ को संघर्षदेखि जोडिएका छविले लुम्बिनी अञ्चलमा शिक्षक संगठनको सकृयता बढाए । विस्तारै बागमती पुर्व र पश्चिमतिरबाट शिक्षकहरूले सरकारलाई दवाव दिन थाले । त्यहीँ बेला पोट्रोलियम पदार्थको विषयलाई लिएर नेपाल र भारतको सम्बन्धमा बिग्रयो । सरकार कम्जोर भएको मौका छोपेर प्रतिबन्धित दलहरूले आन्दोलनको आव्हान गरे । शिक्षकहरूले प्रतिबन्धित दलहरूको आन्दोलनमा समर्थ जनाए । वि स २०४६ को फाल्गुन सात गतेबाट आन्दोलन सुरू भयो ।

पञ्चायत विरूद्दको आन्दोलन त सफल भयो । परिवर्तनपछि नयाँ सरकार गठन पनि भयो तर शिक्षकहरूले राखेका मागहरू कुन कुनामा थन्क्याएर राखेको थियो सरकारका प्रतिनिधिलाई पत्तो थिएन । हामी जस्ता विकासोन्मुख मुलुकमा व्यवस्थाको परिवर्तनले वर्गिय र विगतमा प्रभाव देखाएका ज्वलन्त समस्याहरू समाधान गर्न सक्दो रहेनछ । व्यवस्था परिवर्तनले जेलमा भएका शिक्षकहरू त छुटे । शिक्षकका मागहरू हराएको कारण तात्कालिन सरकार समक नेपाल राष्ट्रिय शिक्षक संगठनले पुनः आन्दोलन गर्न पर्यो । वि‍. स. २०४७ सालमा तात्कालिन अध्यक्ष देवीप्रसाद ओझाको नेतृत्वमा वामदेव गौतम र रामचन्द्र अधिकारी तीन जना आमरण अनसनमा बस्नु पर्यो । आमरण अनसनपछि शिक्षक संगठनले राखेका मागहरू केही छोडेर सबै पूरा भए ।

त्यस बेला पूरा हुन नसकेका मागहरूलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले वि स २०५१/०५२ / ०५३ सम्म अनवरत आन्दोलन गरेर पूरा गरायो । अनवरत शिक्षकको मान,मर्यादा गर्दै आएको राष्ट्रिय शिक्षक संगठनले खुला वातावरणमित्र बनेका अन्य संगठनहरूसगँ सहकार्यको वातावरण बनाउन थाल्यो ।

पङ्क्तिकारले छवि नेपालका अग्रज र समकालीनसँग वार्तालाप गर्दा उनीहरू यसो भन्छन् -देवीप्रसाद ओझा,सुशील अमात्य ,हिरा नेपाल,वामदेव गौतम ,वेचु शाह,नथुनिदास,वेदनिधि निराला,कमला अमात्य, गोपी गुरु, हरिचरण बानियाँ ,महेन्द्र शर्मा, वर्तमान अध्यक्ष अध्यक्ष लगायतका नेताहरू भन्छन् । ०३६ देखि लागेका छवि नेपाल संगठनमा निरन्तर लागेका छवि नेपालले शिक्षक संगठनको आन्तरिक व्यवस्थानमा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन । छवि नेपाल गोरेबहादुर खपाङ्गी,सीताराम मास्के,गणेश पण्डित , यसपाल शाक्य ,राधा शाह लगायतका साथीहरूले भुमिगत रूपमा शिक्षकहरू संगठित गर्ने कुरादेखि संगठनको आन्तरिक जीवनलाई पारदर्शी , सामाजिक र सुदृढीकरण गर्न पुर्याएको योगदान शिक्षक संगठनले कहिल्यै तिर्न सक्दैन । हामीले उहाँ जस्तो मित्र होइन ,शिक्षकको मान,मर्यादा सहित शिक्षण पेसाको गरिमा उच्च पार्नु मित्रहरूलाइ घटाइ रहेका छौ ।

छवि नेपाल लगायत हामीलाई छोडेका हाम्रा मित्रहरूले शिक्षक संगठन मात्रै होइन उनले पढाउने विद्यालय,उनी बसेको समाज र सिङ्गो शैक्षिक जगतलाई नै उठाउन महत्त्वपूर्ण योगदान दिए । उनीहरू संगठनका ताज थिए । विश्वासिलो ,भरपर्दो ,निष्ठा पुर्वक काम गर्ने मिलनसार मित्रहरूले हामीलाई छोड्दैछन् । छविले त कोभिडको महामारीको समयमा हामीलाई अन्तिम श्रद्धाञ्जली दिने मौका पनि दिएनन् । यसरी एक्कासि उनले चटक्कै छोडेर जादाँ हामी स्तब्ध र निशव्द भएका छौ ।

केशवप्रसाद भट्टराई-शिक्षक युनियनका अध्यक्ष वि. स. २०६१-६५

छवि सरको निधनबारे हिजो एक्कासी हिरा सरको फेसबुकमा समाचार पढ्दा म छाँगाबाट खसे जस्तै भएँ म १ विरामी भएको नसुनेको कारण पनि होला । उहाँको राजनीतिक जीवनको बारेमा मलाई धेरै थाहा छैन तर उहाँले आफुले पदिय जिम्मेवारी पाएको विद्यालय राम्रोसँग चलाउनु भएको थियो । विद्यालयको काम बाहेक,सहकारी लगायतका विभिन्न सामाजिक गतिविधिमा उहाँको सक्रिय नेतृत्व र सहभागिताबारे मलाई थाहा थियो र छ ।

म शिक्षक युनियनमा अध्यक्ष हुँदा उहाँ र म एउटै कमिटीमा रहेर काम गर्यौं । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थागत प्रतिनिधि भएर युनियनको उपाध्यक्ष हुनुभएको थियो । उहाँसँग विताएको चारवर्ष काल अविस्मरणीय रह्यो । हामी दुई अलग संगठनलाई प्रतिनिधित्व गरेर आएका र दुई पृथक वैचारिक धरातलका व्यक्ति हौँ भन्ने अनुभव छविजीले व्यक्तिगतरूपमा कहिल्यै हुन दिनु भएन । सधैँ सकारात्मक र सधैँ सहयोगी ! उहाँ जस्तो सहयोगी पाएका कारण मेरो युनियनको नेतृत्वको त्यो कार्यकालमा सफल रह्यो । हामीले हाम्रा संस्थागत सीमा भित्रै रहेर धेरै काम गर्यौं !

फरक फरक पृष्ठभूमिका विभिन्न वैचारिक र सांगठानिक पृष्ठभूमिका व्यक्तिहरूको साझा संस्थामा आवद्ध भएर पनि यौटै घर परिवारका आत्मीय सदस्य जस्तै रहन सक्यौँ । छवि नेपाल जस्ता मित्रहरूको सहयोग नभएको भए त्यो सम्भव थिएन ।

तात्कालिन समयमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेका शिक्षक नेतृत्वहरूमध्येका कतिपय शिक्षकको हकहित र सुविधा प्राप्ति पछि राजनीतिक नेतृत्व र संसदीय राजनीति स्थान प्राप्त गर्न सफल भए । त्यस मध्ये , अष्टलक्ष्मि शाक्य , देवीप्रसाद ओझा,सुशीलचन्द्र अमात्य , मिरा ध्वजु,अग्नि सापकोटा , तुल्सी थापा लगायतका व्यक्तित्वहरू अहिले पनि राजनीतिक क्षेत्रमा चर्चित छन् । कुन्ता शर्मा, कमला अमात्य ,पुर्ण शोभा चित्रकार ,वामदेव गौतम,हिरा नेपाल,माधव अधिकारी समकालीन मध्येका,ऋषि कट्टेल,वेधनिधि निराला,कुन्ता शर्मा , रामकुमार वान्तवा,विष्णु पुकार श्रेष्ठ ,नन्द कुमार थापा, हरि आचार्य , माधव मराठा , चन्द्रकला पन्त,सीता खरेल, हरिचरण बानियाँ , महेन्द्र शर्मा लगायतका सहकर्मीहरू अझै उनी जस्तै सामाजिक,शैक्षिक भुमिकामा जिवन्त भएको भेटिन्छ ।

उनीहरूको नेतृत्वमा पेसागत धर्म र मर्मको दीक्षा पाएका सीता ओझा,बुद्दिराम बन्जाडे,रामशरण घिमिरे,लक्ष्मि गजुरेल ,देवकी पौडेलहरू जस्ता सयकडौं शिक्षकहरू अहिले पनि शिक्षण पेसाको मर्यादा र सम्मानका लागि अनवरत काम गरिरहेका छन । अहिले प्राप्त भएका शिक्षकहरूका सम्पुर्ण सुविधाहरू हिजोका पुस्ताको बलिदान,त्यागको रगत र पसिना सिन्चित भएर प्राप्त गरेका सुविधाहरू हुन् । अहिलेका पुस्ताले यो संघर्ष र त्यागको इतिहास थाहा पाएन भने फेरि पनि हामीलाई छोडेर गएका अग्रजहरू छवि नेपाल,गोरे बहादुर,सीताराम मास्के,गणेश पण्डित,शान्ति पाण्डे जस्ता योद्धा पुनः जन्मनु पर्ने हुन्छ । छवि नेपाल सहित यस्ता शालिन,मृदुभाषी,विश्वासिला र मिलनसार नेतृत्वप्रति हामी हाम्रो पुस्ताको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहान्छौ ! उहाँहरूसंग जोडिएका सम्पुर्ण उहाँहरूका आफन्तहरूमा शिक्षकहरूका हकहितसगँ जोडिएका पेसागत क्षेत्रका सबैको तर्फबाट गहिरो समवेदना !! अल विदा छवि सर !!!

लेखक-सीता ओझा
सचिव-पेसागत महासघं नेपाल

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  १२ : ३८ बजे