Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित



सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसदबाट बहुमतले पास भएको हो । 

तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए । १ असारमा प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण पारित हुन नसकेपछि बजेट अध्यादेशबाट ल्याइएको थियो । 

सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको २८ फागुनमा ६० दिन पुग्नुअगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।

अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको  प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ ।


 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।