काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय २७ जना कोरोना सङ्क्रमित थप भएका छन् भने १९० जनाको ज्यान गएको छ ।
आज जम्मा २२ हजार ८७ जनाको परीक्षण गरिएको छ । यस अवधिमा ६ हजार ५ सय ४३ जनाले कोरोना जितेर निको भएका छन् ।
त्यस्तै हाल देशभर कुल सक्रिय सङ्क्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ । जसमध्ये १ हजार ७ सय ४८ जना आइयीयुमा रहेका छन् । त्यस्तै भेन्टिलेटरमा रहेकाहरूको संख्या ४ सय ९२ र संस्थागत आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८१४ रहेको छ ।
हाल देशभर १ लाख ८ हजार ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया