Logo

स्वास्थ्य

थप ७३ जनामा संक्रमण, निको भए १९२ जना



काठमाडौं । देशभर थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

२ हजार २३८ जनाको पिसिआर गर्दा ३० र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै देशभर ५ हजार ५० जना सक्रिय संक्रमित छन् ।

१९२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ । काठमाडौं उपत्यकामा १७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२, ललितपुर ३ र भक्तपुरमा २ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १६:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।