Logo

इन्स्योरेन्स

प्रभु लाइफका सीइओ पौडेलले दिए राजीनामा



प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण प्रसाद पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले २०७६ साल साउन एक गतेदेखि कम्पनीको प्रमुख कार्यकरी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए । चार वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् । पौडेलले राष्ट्र बैंकबाट अवकास पाएपछि प्रभु लाइफमा सीइओको रुपमा नियुक्त भएका थिए ।

उनले आगामी वैशाख एक गतेदेखि लागू हुने गरी राजीनामा पेश गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको संचालक समितिको फागुन १८ गते बसेको ११६ औं बैठकले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । पौडेलको राजीनामा वैशाख एक गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।