Logo

ट्रयाक्टर चालक प्रजाको ज्यान गयो



उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।

गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएको मकवानपुर हेटौडाका २८ वर्षिय चालक राजेन्द्र प्रजाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । 

लोड बोकेको ट्रयाक्टर बुधवार दिउँसो सडकबाट ३ सय मिटर तल खसेको थियो । ट्रयाक्टर चालक प्रजाको उपचारको क्रममा बुधवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटना हुने बितिकै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरि अस्पताल पठाएको थियो । 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार २१:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।