Logo

समाचार

निःशुल्क स्वास्थ्य शिविरबाट ४७ जना लाभान्वित



गोरखा। गोरखाको भीमसेनथापा गाउँपालिकामा आज आयोजित एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ४७ जना लाभान्वित भएका छन्।

प्रदेश अस्पताल गोरखाको आयोजना र भीमसेन थापा गाउँपालिकाको समन्वयमा पालिकास्थित सहिद आधारभूत अस्पतालमा आयोजित शिविरमा ४७ जना हाडजोर्नी तथा नशारोगका बिरामीहरूले उपचार सेवा लिएका प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल डा शम्भु अधिकारीले जानकारी दिए।

उपचार सेवा लिएकामध्ये २१ जना बिरामीलाई फिजियोथेरापी सेवा प्रदान गरिएको उनले बताए।  प्रदेश अस्पतालले ‘स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार’ कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरेको हो।

सो निःशुल्क स्वास्थ शिविरबाट ग्रामीण क्षेत्रका सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए।

शिविरमा हाडजोर्नी, नशारोग र फिजियोथेरापीसम्बन्धी उपचार सेवा प्रदान गरिएको हो। अस्पताल गोरखाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शम्भु अधिकारीको नेतृत्वमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा‍ शङ्कर सिग्देल र फिजियोथेरापिष्ट चन्द्रबहादुर खत्रीसहितको विशेषज्ञ टोलीले उपचार सेवा प्रदान गरेका थिए।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार २१:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।