Logo

अन्तर्राष्ट्रिय

उत्तरी अङ्गोलामा खानी भत्किँदा कम्तीमा २८ जनाको मृत्यु



काठमाडौं। अङ्गोलाको उत्तरी क्षेत्रमा शनिबार खानीमा गएको पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

प्रहरी प्रवक्ता गास्पर लुइस इनासियोले बेङ्गो प्रान्तको नाम्बुवाङगोङ्गो नगरपालिकामा गएको पहिरोमा परी मृत्यु भएका व्यक्तिमध्ये १३ जना एकै परिवारका सदस्य रहेको र दुई जना अझै हराइरहेको जानकारी दिए।

उनले भने, “प्रहरीसहितका उद्धारकर्ताहरूले भत्किएको खानीमा फसेका सम्भावित पीडितहरूको खोजी कार्य जारी राखेका छन्।”

बेङ्गोका केन्द्रीय अस्पतालका स्वास्थ्य सुपरभाइजर फ्रान्सिस्को रोड्रिगेजले घाइतेमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार २१:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।