Logo

खेलकुद

आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा चेन्नई र कोलकत्ता खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङस खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ ।

कोलकत्ताका कप्तान श्रेयस ऐर र चेन्नईका रविन्द्र जडेजा रहेका छन् । यी दुई टोली पछिल्लो पटक फाइनल खेलेका थिए । चेन्नईले उपाधि जितेको थियो । आईपीएलमा यसपालि थपिएका दुई टोलीसहित १० टिम सहभागी छन् ।
 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १४:३१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।