Logo

खेलकुद

कप्तान सन्दीप प्लेयर अफ द म्याच



काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच चुनिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध १५ रनको जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप प्लेयर अफ द म्याच बनेका हुन् ।

सन्दीपले पीएनजीविरुद्ध महत्वपूर्ण विकेटहरु लिएका थिए । उनले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिएका थिए ।

नेपालका बलर करण केसीले मुभ अफ द डे अवार्ड हात पारे ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १६:२८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।