Logo

राजनीति

पूर्वसभामुखहरुले सभामुखलाई भने – विशेषाधिकार प्रयोग गर्न तयार रहनुस् 



पूर्वसभामुखहरुले सभामुख अग्नी प्रसाद सापकोटालाई संविधानको धारा १०३ मा भएको विशेषाधिकार प्रयोग गर्न तयार रहन सुझाएका छन् । राष्ट्रपति विधादेवि भण्डारीले शुक्रबार राति संसद् विधटन गरेपछि सभामुख सापकोटाले यस विषयमा छलफल गर्न मंगलबार पूर्व सभामुखहरुको बैठक बोलाएका हुन् ।   

पूर्व सभामुखहरुले सभामुख सापकोटाले संविधानको धारा १०३ मा रहेको सभामुखको विशेषाधिकार प्रयोग गर्न तयार रहन सुझाएका हुन् ।  केही कानुन व्यवसायीहरुले पहिलो पटक संसद् विघटन हुँदा पनि यो तर्क गर्दै आएका छन् । 

पूर्वसभामुखहरुले यो विवाद अहिले सर्वोच्च अदालत प्रवेश भएकाले अव केही दिन मुद्दाको प्रक्रियालाई हेर्नुपर्ने बताएका हुन् ।

छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी थिए। छलफलमा दमननाथ ढुंगाना भर्चुअलु रुपमा सहभागी भएका थिए । पूर्वसभामुख सुवास नेम्वाङ भने छलफलमा उपस्थित भएनन् । नेम्वाङले आफ्नो पूर्वनिर्धारित अर्को कार्यक्रम भएकाले आउन नसक्ने भन्दै सहभागी हुन अस्वीकार गरेका थिए । 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ४५ बजे