Logo

स्वास्थ्य

यी हुन आज कोरोना संक्रमित नदेखिएका ५ जिल्लाहरू 



काठमाडौं । कोरोना संक्रमणको ग्राफ क्रमशः ओरालो लाग्ने क्रम जारी रहेको छ ।  मंगलबार देश भर ८ हजार ६ सय ३६ संक्रिमित थपिएका छन् ।
 
त्यस्तै आज १ जना पनि संक्रमित नदेखिनेमा ५ वटा जिल्लाहरू रहेका छन् । जसमा बाजुरा, मुगु, डोल्पा, मुस्ताङ र मनाङ रहेका छन् ।
त्यसैगरि आज १ जना मात्र संक्रमित देखिएका जिल्लाहरूमा पनि इलाम, तेह्रथुम, रुकुम पूर्व, हुम्ला र बझाङमा एक एक जना मात्रै संक्रमित फेला परेछन्। 
 
त्यसैगरि १० जनाभन्दा कम संक्रमित थपिनेमा १५ जिल्लाहरू रहेका छन् । जसमा खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, सोलुखुम्बु, सिराहा, बागलुङ, कपिलवस्तु, गुल्मी, प्युठान, रोल्पा, कालिकोट, जाजरकोट, जुम्ला, रुकुम पश्चिम र डोटीमा रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ७ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।