काठमाडौँ । कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन्। यो घातक संक्रमणसँग जुध्नका लागि शरीरलाई शक्तिवद्र्धक बनाउन अत्यावश्यक भएको छ ।
साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ। त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ।
१) सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवात भिजाएको बदाम र किसमिसमार्फत् गर्नुपर्छ। बदाम प्रोटिन र आइरनको राम्रो स्रोत हो । त्यसैले यसलाई नियमित रुपमा आफ्नो खानामा समावेश गर्नुहोस् ।
२) कोभिड–१९ का बिरामीले ब्रेकफास्टमा ग्लूटेन फ्री डाइटबाट फाइबरयुक्त डाइटको सेवन गर्नुपर्छ । यस्ता डाइटले हाम्रो पाचन क्रियालाई निकै फाइदा पुर्याउने गर्छ ।
३) खाना खाएपछि सख्खर वा घ्यू खान सिफारिस गरिएको छ । तपाईं रोटीसँग सख्खर वा घ्यूको सेवन पनि गर्न सक्नुहुन्छ । यी दुबै चिजले हाम्रो शरीरभित्र गर्मी पैदा गर्ने काम गर्छ । साथै यसमा प्रतिरोधी क्षमता बढाउने गुणकारी तत्व पनि हुन्छ ।
४) बेलुकाको समयमा साधारण खिचडीको सेवन गर्दा नै राम्रो हुन्छ । यसमा ती सबै पोषक तत्व हुन्छ, जसको आवश्यकता हाम्रो शरीरलाई हुन्छ । यसले झाडापखाला लागेको समयमा पनि बिरामीको समस्यालाई कम गर्न सक्छ ।
५) कोरोना संक्रमित हुँदा आफूलाई हाइड्रेट राख्न निकै आवश्यक छ । सादा पानी बाहेक तपाईं घरमा कागती पानी र मोही आदिको पनि नियमित सेवन गर्न सक्नुहुन्छ । शरीरमा पानीको मात्रा पर्याप्त भएको खण्डमा हाम्रो प्रतिरोधी क्षमता राम्रो हुनेछ ।
६) प्रोटिनयुक्त खानेकुराको सेवन गर्नुहोस् जसले मांसपेशीलाई तीब्र रुपमा निको पार्ने काम गर्छ । तपाईंले कुखुराको मासु, माछा, अण्डा, पनिर, सोयाबिन र बदाम खाने सल्लाह दिइन्छ । यो सबै चिज हाई प्रोटिनको राम्रो स्रोत हो ।
७) दैनिक पाँच रङको फल वा सागसब्जीको सेवन गर्नुहोस् ताकि शरीरमा पर्याप्त भिटामिन र मिनरल्सको कमी पूरा गर्न सकियोस् । विशेषज्ञका अनुसार हरेक रंगको फल–सब्जीमा भिन्न प्रकारको भिटामिन–मिनरल पाइन्छ ।
८) सेल्फ आइसोलेशनमा केही मानिसहरुलाई स्ट्रेस-एन्जाइटीको समस्या हुनसक्छ । यसका लागि उनीहरुले थोरै मात्रामा डार्क चकलेटको सेवन गर्न सक्नुहुन्छ जसमा ७० प्रतिशत कोकोओ हुन्छ ।
९) आफ्नो प्रतिरोधी बढाउनका लागि तपाईंले नियमित रुपमा बेसार हालेको दुधको सेवन गर्नुपर् छ। बेसारमा पाइने एन्टिबायोटिक तत्व शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।
१०) खाना बनाउनका लागि ओखर, बदाम, तोरी वा ओलिभ ओयलको प्रयोग गर्नु राम्रो विकल्प हुनेछ । एजेन्सी
प्रतिक्रिया