Logo

मिर्गौलापीडितले बाँच्न प्रधानमन्त्री नै हुनुपर्ने ?



स्ट्यान्ड्अप कमेडियन आदर्श मिश्रले सामाजिक सञ्जालबाट पटक पटक आफ्नो बाबुको स्वास्थ समस्याको बारेमा जानकारी गराउँदै आएका थिए । उनको बाबुको मिर्गौलाको समस्या रहेको थियो । मंगलबार मिर्गौला प्रत्यारोपण गर्न नपाएर उनको बुबाले ज्यान गुमाउनु परेको आदर्श मिश्राले सामाजिक सञ्जालमार्फत बताएका थिए । 
 
यसै विषयलाई अंकित गर्दै विवेकशीलक पार्टीका संयोजक रविन्द्र मिश्राले स्ट्यान्ड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशुलाई एउटा प्रतिनिधि घटनामात्र रहेको बताएका छन् । 

यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र निजी भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा दाजुभाइ दिदीबहिनी जाने गरेको फेसबुक पोष्टमार्फत लेखेका छन् । 

उनले भने, आदर्शजी, तपाईंको बुवाको बैकुण्ठ वास होस् । तपाईं र परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।

स्वास्थ्य आधारभूत मानव अधिकार हो । त्यसलाई गुणस्तरीय र निशुल्क बनाउनै पर्छ । तपाईंको पीडा रुपान्तरणकारी शक्ति र प्रेरणामा परिणत होस् म पनि तपाईंको साथमा छु ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १८:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।