Logo

राजनीति

खोप सहयोग गर्न चीनलाई आग्रह



उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन्।

प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

एमाले महासचिव पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरी रहेकामा जोड दिए। यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ। 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ३७ बजे