त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनल खेल पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले दिपेन्द्रसिंह ऐरीको अर्धशतकिय पालिमा १६९ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोडेको हो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८ बलको सामना गर्दै सर्वाधिक ५४ रन र करन केसीले १२ बल खेल्दै ३३ रन जोडे । त्यस्तै मोहमद आदिल अलामले १५ रन जोडे ।
यस्तै कुशल भुर्तेल २२ बल खेल्दै २५ रन र आशिफ शेख २९ बल खेल्दै २९ रन जोडे ।
नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइन प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो ।




















प्रतिक्रिया