Logo

हामीले महिलाहरुका लागि केही पनि गर्न सकेनौ – नायिका प्रियंका चोपडा



भारतमा दैनिक भैरहेको बलात्कारको घटनामा नायिका प्रियंका चोपडाले आक्रोश व्यक्त गरेकी छिन् । उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि ग्याङ्ग रेप भएको थियो । नायिका चोपडाले सामाजिक संजालमा लेखेकी छिन्–‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ ।

हरेक बलात्कार मात्र दोश्रो नम्बर होइन । यसको पछि सिंगो परिवार हुन्छ, जसलाई सधै डराएर वाच्नुपर्ने हुन्छ । हामी सबैले यो क्रुरतापूर्ण घटनाका लागि लाजले आफ्नो शिर झुकाउनु पर्दछ कि हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौ ।

नायिका चोपडाले हाथरसमा भएको सामुहिक बलात्कारको घटनामा पनि आक्रोश व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्–‘यस्तो क्रुर घटना बारम्बार किन ? सधै महिला, यूवतीहरुमाथि बलात्कार भैरहन्छ ।

हामी यो सुनेर रुन्छौ, उनीहरु रुन्छन् तर पनि कसैले यो आवाज किन सुन्दैन । यति धेरै घृणा किन ? के बाबु–आमा छोरालाई गलत संकारमा हुर्काइरहेका छन् । अझै कति निर्भया ? अझै कति बर्ष ?

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ५१ बजे