Logo

अन्तर्राष्ट्रिय

कोरोना संक्रमण तीव्र भएपछि चीनको सांघाईमा लकडाउन



काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ ।

चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् ।

कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।

कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।

सन् २०१९ मा चीनको बुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो । एजेन्सी

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १६:५१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।