Logo

स्वास्थ्य

एक हप्तालाई थपियो सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा



काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिनु भयो । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो । 
  
जिल्लामा सङ्क्रमितको सङ्ख्या हालसम्म दुई हजार दुईसय ४२ पुगेको र सक्रिय सङ्क्रमित एकहजार आठसय ८५ पुगेको  छ भने मृतकको सङ्ख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ७ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।