Logo

गण्डकी प्रदेश

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी



पोखरा । आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ । १ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ ।

लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट गरिएको हो । ४ हजार भन्दा बढीले दरखास्त हालेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २०:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।