Logo

 अहिंसावादि विश्वशान्ति बौद्ध गुम्बाका सञ्चालक यौन दुर्व्यवहार आरोपमा पक्राउ



कैलाली : बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका-२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १ : ४९ बजे