Logo

स्वास्थ्य

६९५१ जना कोरोना संक्रमित थपिँदा ९८४१ संक्रमणमुक्त, ९६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिनेभन्दा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढी देखिएको छ । यस अवधिमा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालहरुबाट नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै, देशभर ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ भने सात हजार४७ जनाको मृत्यु भएको छ । 

No photo description available.

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।