Logo

राजनीति

घनश्याम भुसालले ‘खिलराज’को अभ्यास हुन्छ भनेपछि शंकर पोखरेलको ‘काउन्टर’



काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले नेपालमा भूराजनीतिक प्रभाव बढेको बताउँदै खिलराजहरुको अभ्यास हुन्छ भनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले काउन्टर जवाफ दिएका छन् । फेसबुकमा लामो स्ट्याटस लेख्दै घनश्यालेले पार्टीभित्र यसबारे विमर्श हुने गरेको बताएका हुन् ।

“एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भू–राजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर, पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु,” भुसालको भनाइ ।

उनले भनेका थिए, “नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरू पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरूको अभ्यास हुनेछ । त्यसपछि फेरि नयाँ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।”

पार्टी विभाजनको नजिक पुग्दा लुम्बिनी प्रदेशका दुई हस्तीहरू छेडखानीमा उत्रिएका हुन् । घनश्यामलाई काउन्टर दिँदै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गर्न चाहेको चुनाव असफल पार्दा खिलराज रेग्मी जन्मने बताएका छन् ।

“संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्वीकार गर्न खोज्दा हो खिलराज रेग्मी जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै,” उनले भनेका छन्, “एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भू–राजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरू पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरूको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।” 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ३ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।