Logo

राजनीति

सबै स्थानीय तहमा स्वास्थ बीमा सञ्चालन गर्न ७ अर्ब ५० करोड  विनियोजन 



आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण सुरु भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृति दिएसँगै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण सुरु गरेका हुन् । 

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै प्रदेशलाई ५७ अर्ब ९५ करोड र स्थानीय तहलाई ९४ अर्ब ५६ करोड समिकरण गरिएको जानकारी दिए । 

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न केन्द्रित रहेको बजेटले अक्सिजन उद्योग स्थापनाका लागि भन्सार छुट, साथै आईसीयु भेन्टिलेटर खरिअका लागि ४ अर्ब विनियोजन गरिएको बताए । 
मन्त्री पौडेलले १४ वर्ष भन्दा मुनीका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धाहरुका लागि नि शुल्क मुटु रोग सेवाकालागि २ अर्ब विनियोजन गरिएको बताए । 

महिला स्वयंसेविकाको यातायात भत्ता शतप्रतिशत छुट गरिएको छ । सबै स्थानीय तहलाई क्षयरोग मुक्त क्षेत्र घोषणा गरिने , सरकारी अस्पतालले सेटेलाईट क्लिनीक सञ्चालन गर्नु पर्ने, काठमाडौंको किर्तिपुरमा १५ सय शैय्याको विशिष्टीकृत अस्पताल साथै वीर अस्पताललाई दुवाकोटमा अन्तराष्ट्रिय स्तरको बनाउने, ढल्केबर लम्कीमा ट्रमा सेन्टर को स्थापना साथै सबै स्थानीयतहमा स्वास्थक्षेत्र सञ्चालन गर्ने योजना सहित १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ४२ बजे