काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५।७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश पारित गरेको छ ।
काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सभाले १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०।७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको हो ।
सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
सोही सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । आव २०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसायअन्तर्गत रु. २ अर्ब ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आवको साधारणसभाको दिनसम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरिसकेको जानकारी गराइएको छ ।




















प्रतिक्रिया