मंगलबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले उकालो लागेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक कारोबार दिन अगाडि छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजबी सुन पनि तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार सुनको मूल्यसँगै चाँदीको पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।





















प्रतिक्रिया