Logo

प्रमुख समाचार

भरतपुरको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिने निष्कर्ष,उम्मेदवार भोलि टुंगो लाग्ने



चितवन । भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि भरतपुरका नेपाली कांग्रेस नेता कार्यकर्ताले आज (शुक्रबार) छुट्टै भेला गरेका छन् । उनिहरुले पार्टी कार्यालयमा भेला गरेर नेतृत्वको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत सहभागी भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेको छ ।

भोलिसम्ममा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्ने पूर्वसांसद पौडेलले बताए । ‘कांग्रेसको जनमत राम्रो भएको चितवनमा माओवादीलाई भरतपुरको मेयर दिनु कांग्रेसका लागि घाटा हो। हामीले कांग्रेसलाई जोगाउन मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेका छौं,’ उनले भने ।

भेलापछि उनीहरूले पार्टी जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला लगाइदिएका छन् । भेलामा अधिकांश वडाका सभापति सहभागी भएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।