Logo

खेलकुद

राष्ट्रिय फुटबल टिमका ९ खेलाडीले प्रशिक्षण छाडे



काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् ।

प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् ।

मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए । तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ ।

होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १९:१७   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।