Logo

इन्स्योरेन्स

२ दिने बिदाले कामचोर र भ्रष्ट कर्मचारीलाई फाइदा हुन्छ : सीईओ भट्टराई 



काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर आगामी जेठ १ गतेदेखि लागू हुने गरी सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारले गरेको यो निर्णयका विषयमा विभन्न टिकाटिप्पणी भइरहेका छन् । सरकारको यो निर्णयका विषयमा हामीले नेपाली बीमा कम्पनीकै प्रथम नेपाली सीईओ रमेश कुमार भट्टराईलाई सोध्यौँ, सरकारको यो निर्णयले कस्तो असर गर्ला ? केटिएम भ्वाइससँगको कुराकानीमा भट्टराईले यसले सकारात्मक असर नगर्ने बताए ।

महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले कामचोर र भ्रष्ट कर्मचारीलाई मस्ती हुने बताए । यो निर्णयले सेवाग्राही सर्वसाधारणलाई भने सास्ती बढ्ने उनको भनाइ छ ।

‘राष्ट्रिय स्तरमा दुरगामी प्रभाव पर्ने यस्ता निर्णयको उद्देश्य के हो त्यो बुझ्नु जरुरी हुन्छ, सरकारले यो निर्णय लिनु अघि तेलको आयात र खपत बढि भयो, यसकै  कारण बिदेशि मुद्राको संचिति घटन गयो’ सीईओ भट्टराईले भने, ‘तेलको खपत कम गर्न यो निर्णय लिनु परेको तर्क अघि सारेको छ, मेरो बिचारमा जुन उद्देश्य र कारण भनियो छ,त्यो सरासर गलत हो ।’

उनले सडकको क्षमता र देशको आवस्यक्ता भन्दा राजस्वको लागि गाडिको आयात गरिरहने अनि तेलको खपत कम गर्ने भनेर बिदा थप्दै जाने विषय सरासर नमिल्ने कुरा भएको बताए । यो दुई दिने बिदा को उद्देश्य त कर्मचारिको ऊत्पादकत्व बढाउन, सेवाग्राहिले पाउने सेवा छिटो छरितो सम्पादन गर्नको लागि अरु अनावश्यक बिदाहरु काटेर दुई दिने बिदा दिने भनेको भए प्रभावकारी हुने उनको बुझाइ छ ।

तर चुनावमा भोट बटुल्ने उद्देश्यले पहिले नै अत्यधिक बिदा दिई सकेको अवस्था छ । ‘अब आईतबारको थप बिदाले अन्तत्वगत्व कामचोर र भ्रष्ट कर्मचारीले मोज गर्ने भए, सेवाग्राहि सर्बसाधारण नेपाली जनता ठुलै मारमा पर्ने निश्चित छ’ सीईओ भट्टराईले भने ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिदाको दुरगामी असर के पर्छ ? भन्ने विषयमा सीईओ भट्टराईको धारणा जस्ताको तस्तै :

राष्ट्रिय स्तरमा दुरगामी प्रभाव पर्ने यस्ता निर्णयको उद्देश्य के हो त्यो बुझ्नु जरुरि हुन्छ । सरकारले यो निर्णय लिनु अघि तेलको आयात र खपत बढि भयो, यसकै कारण विदेशी मुद्राको सञ्चिति घटन गयो, तेलको खपत कम गर्न यो निर्णय लिनु परेको तर्क अघि सारेको छ । मेरो बिचारमा जुन उद्देश्य र कारण भनियो छ, त्यो सरासर गलत हो । सडकको क्षमता र देशको आवस्यक्ता भन्दा राजस्वको लागि गाडिको आयात गरिरहने अनि तेलको खपत कम गर्ने भनेर बिदा थप्दै जाने ।

यो सरासर नमिल्ने कुरा हो । यो दुई दिने बिदा को उद्देश्य त कर्मचारिको ऊत्पादकत्व बढाउन, सेवाग्राहिले पाउने सेवा छिटो छरितो सम्पादन गर्नको लागि अरु अनावस्यक बिदाहरु काटेर दुई दिने बिदा दिने भनेको भए प्रभावकारी हुने थियो । चुनावमा भोट बटुल्ने उद्देश्यले पहिले नै अत्यधिक बिदा दिई सकेको अवस्थामा आईतबारको थप बिदाले अन्तत्वोगत्वा कामचोर र भ्रष्ट कर्मचारीले मोज गर्ने भए, सेवाग्राहि सर्बसाधारण नेपालि जनता ठुलै मारमा पर्ने निश्चित छ ।

पहिले नै सार्बजनिक, पर्ब र अरु बिदा गरेर १०० दिनको हाराहारि बिदा दिएको छ । त्यो बिदा आफैंमा धेरै थियो । हाम्रो जस्तो विकासको बाटोमा अग्रसर देशमा अहिले भएको बिदा कटौती गरेर जनता लाई बढि भन्दा बढि काम गर्न प्रेरित गर्नुपथ्र्यो । तर तेसको ठिक विपरित बिदा माथि बिदा थपेर कर्मचारी लाई कामचोर बनाईदै छ भने सेवाग्राहि लाई झन–झन सास्ती दिने काम भएको छ । सरकारले सकेको भए अहिलेको बिदा काटेर सबैलाई हुने गरि ७दिन राष्ट्रिय बिदा र ७ दिन पर्ब बिदा दिएर शनिबार र आईतबार बिदा दिएको भए राम्रो हुनेछ थियो ।

एउटा कर्मचारीले बर्ष भरि पाउने घर बिदा, बिरामी बिदा, आकस्मिक बिदा, फोर्स(अनिवार्य) बिदा गरेर बर्ष दिनमा औसतमा ५० देखि ६० दिन बिदा पाउछन् । सरकारले पहिले नै स्वीकृत गरेको १०० दिन हाराहारिको सार्वजनिक, पर्ब र शनिबारको बिदा छ ।

अब आईतबारको थप बिदाले पनि आईतबार अरु बिदा परेको अवस्था हेर्दो औसतमा ४०/४२ दिन बिदा बढ्छ । अब काम नगर्ने बिदा मात्र उपभोग गर्ने चाहना भएका कर्मचारिले ३६५ दिनमा मुस्किलले १५० दिन मात्र काम गर्नु पर्ने हुन्छ । अनि कसरी कर्मचारीको उत्पादकत्व बढछ र देशले बिकासको फडको मार्छ । तेसैले अहिले को दुई दिने बिदाको निर्णय स्वयम कर्मचारि र देशको हितमा छैन भन्न सकिन्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।