Logo

प्रमुख समाचार

माओवादीको ‘डबल रोल’, कांग्रेसलाई धोका



रामेछापमा नेकपा माओवादी केन्द्रले ‘द्वैध चरित्र’ देखाएको छ । जसबाट नेपाली कांग्रेसलाई गम्भीर धोका भएको छ । सुरूमा नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले ‘उम्मेदवारी फिर्ता’ लिने समयमा नाटकीयरूपमा कांग्रेससँग सहमति गरेको थियो ।

सोही सहमति अनुसार कांग्रेसले आफूले छाड्नुपर्ने ठाउँमा उम्मेदवारी फिर्ता लिँदा माओवादी केन्द्रले फिर्ता लिएन । उल्टै पूर्वसहमतिअनुसार नेकपा एसतिरै फर्किएको छ । जसले कांग्रेसलाई ‘गम्भीर धोका’ भएको कांग्रेस नेताहरूले बताएका छन् ।

मनोनयन दर्ताअघि जिल्लाका ८ वटा स्थानीय तहहरूमा कांग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । सत्तारूढ गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसले एक्लै उम्मेदवारी दर्तागर्दा माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका थिए ।

जसमा मन्थली र रामेछाप नगरपालिकासहित सुनपाती, दोरम्बा शैलुङ र उमाकुण्ड गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व माओवादी केन्द्रले लिने र लिखु तामाकोसी, गोकुलगंगा र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एसले उम्मेदवारी दिने सहमति भएको थियो । सोही अनुसार दुबै दलले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसपछि माओवादीको हिस्सामा परेको दोरम्बा शैलुङ गाउँपालिका नेकपा एसको मात्रै सहयोगमा जित्ने अवस्था नदेखेपछि कांग्रेससँग पनि तालमेल गर्ने निष्कर्शमा माओवादी केन्द्र पुगेको थियो । जहाँ माओवादी केन्द्रका जिल्ला संयोजक मैनकुमार मोक्तान उम्मेदवार छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले नै जितेको यो पालिकामा पछिल्लो समय माओवादीका प्रभावशाली नेता कार्यकर्ता एमालेतिर लागेका छन् । यसकारण यहाँ माओवादी केन्द्रले आफूलाई असुरक्षित ठानेर कांग्रेससँग सहमति गर्न खोजेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।