Logo

साहित्य

श्रमिकको कविता



चौरको सानो भेलामा
कविवर पढ्दै थिए श्रमिकको कविता ।
मास्तिर, सिकर्मी र ज्यामीहरू ठोकिरहेका थिए
किल्लाकाँटी ।
कविजी रोकिए, उँभोतिर हेरे
र कराए, “बन्द गर त्यो ठ्याक–ठ्याक !
सुन्दैनौ, यहाँ कविता भनिरहेको छु ?”
शान्त भए श्रमिकहरू, कविले सिध्याए कविता ।
धेरैपछि, सबै गएपछि
श्रमिकहरूले पुनः सुरु गरे
उनीहरूको जीवनगीत ।
कविजीले सुने कि सुनेनन् कुन्नि !

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १०:०३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।