गायिका टिका सानु ,सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकाशै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडी बिचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।
आफ्नो मायालुको हेराइ आफूलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा व्यक्त गरेकी छन् । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक सङ्गीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाङ्कन , विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ ।
”आकाशै राम्रो जुन लाएर ”गीतको भिडियोमा टिका सानु ,सम्झना कडेंल , मान सिंह खड्का , किरण मगर , मनीषा र सजिनाको अभिनय रहेको छ ।





















प्रतिक्रिया