सोमबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९३ हजार आँठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक कारोबार दिन अगाडि पनि छापावाल सुन प्रतितोला ९४ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजबी सुन पनि तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार सुनसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया