Logo

कर्पोरेट फोकस

सोमबार सुन र चाँदी दुवै धातुको मूल्य घट्योे, कस्तो छ आजको दरभाउ ?



सोमबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार आँठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

एक कारोबार दिन अगाडि पनि छापावाल सुन प्रतितोला  ९४ हजार एक सयमा कारोबार भएको थियो । 

त्यस्तै तेजबी सुन पनि तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

सोमबार सुनसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।