Logo

विविध

डिभीको नतिजा आज सार्वजनिक हुँदै



काठमाडौं । शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ ।

सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ । नतिजा डिभी कार्यक्रमको वेबसाइटमा गई निश्चित प्रक्रिया पूरा गरेपछि प्राप्त गर्न सकिनेछ ।

यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्ने छ । सन् २०२३ मा डिभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।

डिभी भर्ने म्याद अघिल्लो नोभेम्बर ९ मा सकिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १७:३८   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।