Logo

विविध

प्रेम सम्बन्धलाई कसरी टिकाईराख्ने ?



प्रेम सम्बन्ध वा विवाहित जीवन खुसी र सुखी बनाउन ? यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय हरू जसले गर्दा तपाइको सम्बन्ध सधैँ खुसी र सुखी हुने गर्छ ।

आफ्नो पार्टनरसँग बिहानीको सुरुवात मिठो चुम्बन र मायाका दुई शब्दका साथ गर्नुहोस् । यसले तपाईँ र तपाइको पार्टनरको दिन खुसीले बित्नेछ । कहिले काहीँ आफ्नो प्रेमलाई कलात्मक तरिकाले दर्साउनुहोस्  । जसले गर्दा तपाइको पार्टनर सजिलैसँग तपाइको मायामा डुब्नेछ ।

तपाइको पार्टनरलाई मिठो लाग्ने खानेकुरा बनाउनका साथ साथै पार्टनरलाई मन पर्ने पहिरन लगाउनुहोस्  । जस कारण तपाइको प्रेम कायम नै रहनेछ ।

एक अर्काको साथ बढी समय बिताउने गर्नुपर्छ  । त्यसो गर्नाले एक अर्कालाई सजिलै बुझ्न सकिनेछ । आफ्नो पार्टनरलाई मन पर्ने उपहार दिनुहोस्  । जसले गर्दा तपाइको पार्टनरको मनमा तपाइको लागी अझै प्रेम बढ्दै जाने गर्दछ र तपाईहरू बिचको सम्बन्ध कायम नै रहनेछ ।

आफ्नो पार्टनरसँग झुक्किएर पनि रिसाएर वा झर्केर नबोल्नुहोस् । यसरी बोल्दा तपाईहरू बिचको प्रेम घट्दै जाने गर्छ  यसको बदलामा आफ्नो पार्टनरलाई मायालु नजरले हेर्ने बानी गर्नुहोस् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार ०३:३७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।